विञ्ज्याल । जलपादेवी मावि विञ्ज्यालको ४६औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोह बुधवार सम्पन्न भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यमाधव सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा विभिन्न ब्यक्ति तथा संस्थाले स्थापना गरेको छात्रवृत्ति कोषको रकम विद्यार्थीलाई हस्तान्तरण गरियो ।
विद्यालयमा रामचन्द्र कृष्णप्रसाद नेपाल, विष्णुमाया तिमिल्सिना, राष्ट्रिय जनमोर्चा, उमाकान्त नेपाल, जोगमायाँ नेपाल, टेकप्रसाद, कविता पराजुली, नवज्योति युवा क्लव, प्रेमछायाँ पौडेल, रीता तिमिल्सिना छात्रावृति कोष स्थापना भएको थियो । कोषको रकमबाट वार्षिक रुपमा प्राप्त हेने ब्याजको रकमबाट विद्यार्थीहरुलाई छात्रावृति प्रदान गरिको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद तिमिल्सिनाले बताए । नौं वटा छात्रावृति कोषवाट १९ जना विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको छ । सोही अवसरमा नेता माधव सापकोटाले पनि २५ हजारको छात्रावृति कोष स्थापना गरेका छन् ।
वार्षिक उत्सव समारोहमा बोल्दै सापकोटाले परिवर्तित सन्दर्भमा प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताए । परम्परागतर घोकन्ते शिक्षाले परिवर्तन नल्याउने भन्दै नेता सापकोटाले प्राविधिक र गुणस्तरीय शिक्षाको थालनिमा आफू र आफ्नो पार्टीको तर्फबाट विद्यालयलाई सहयोग गर्ने बताए ।
समारोहमा विद्यालयलाई सहयोग गर्ने चन्दादाता, पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बलेफी गाउँपालिकाका शिक्षा अधिकृत सलबहादुर पाण्डे, वडा अध्यक्षहरु विकास श्रेष्ठ र चित्रबहादुर तामाङ, पूर्व शिक्षक दीपकलाल पराजुली, धरमपानी सामुदायिक बनका अध्यक्ष दीर्घबहादुर सुवेदी, विद्यालयका प्रअहरु बसु पौडेल र कृष्णप्रसाद पराजुलीले लगायतले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यार्थीले आकर्षक एवम् चेतनामूलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ