हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको शिक्षक संघले शनिबार बनभोज सहित शैक्षिक कार्यक्रम गरेको छ ।
हेलम्बुको सुन्दरता र त्यहाँको फरक शैक्षिक क्रियाकलाप देखेर शिक्षकहरु उत्साही बनेका छन् । शिक्षकहरुको समूहले बनभोज सहित हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको नमूना विद्यालयमा शैक्षिक कार्यक्रमको आयोजना समेत गरेका थियो । कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको प्रगतिबारे जानकारी दिएका थिए । हेलम्बु गाउँपालिकाले नमूना विद्यालयको निर्मााण गरि शिक्षा क्षेत्रमा नौलो अभ्यास गरेको जनाउँदै शेर्पाले आगामी शैक्षिक सत्रबाट नमूना विद्यालयमा पढाई सुरु गरिने जानकारी दिए ।
शिक्षकहरुले हेलम्बुको शैक्षिक नमूना योजनाको बारे निक्कै उत्सुकता जनाएको उनले बताए । हेलम्बु गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ