तालामाराङ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ६ मा रहेकाे को तेर्से माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष सञ्चालन सुरु गरिएकाे छ ।
मनोपरामर्श प्रदान गर्दै आएको सम्भाव्य फाउण्डेशनले फादर जो थालर एण्ड फ्रेण्डस्को सहयोगमा साे विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरेको हाे । सामुदायिक विद्यालयहरुमा यस्तो खालको मनोपरामर्श कक्ष सहितको मनोपरामर्श सेवा नेपालमै पहिलो पटक भएकाे जनाइएकाे ५ । सो कक्षको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बालबालिकामा भएको समस्या पहिचान गरि समाधान गर्न अब मनोपरामर्श कक्षले सहयोग पुग्ने विश्वास ब्यक्त गरे । नगर प्रमुख अर्यालले भूकम्प, काेराेना महामारी जस्ता प्रकोपले गर्दा बालबालिकामा मानशिक तनाब बढाएकाे भन्दै उक्त समस्या न्यूनिकरण गर्न याे कक्षले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मैत्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने धेयका साथ सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको संस्थाका कार्यकारी निर्देशक आषिश श्रेष्ठले बताए । फाउन्डेशनले हालसम्म सिन्धुपाल्चोक, काठमाडौं र बाग्लुङका विभिन्न १३ वटा विद्यालयहरुमा व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ