चौतारा । चौतारा अस्पतालमा पहिलो पटक डेन्टल सेवा सुरुवात गरिएको छ । आज एक कार्यक्रमकाबीच अत्याधुनिक मेसिन जडानसँगै सेवा सञ्चालनमा ल्याइएको हो ।
सेवा सुचारु भएसँगै दाँतसम्बन्धी सम्पूर्ण सेवा अस्पतालबाट प्रदान गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतिले बताए । ‘उपकरणसँगै डक्टरको समेत व्यवस्था भइसकेको छ,’ प्रजापतिलेले भने– ‘आवश्यक अन्य सामग्री पनि केहि दिनमानै पूरा गरी विशेषज्ञ सेवा प्रदान गरिने छ ।’ अस्पतालले न्यूनतम शुल्कमा सेवा प्रदान गरिने र ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई २० प्रतिशत छुटमा सेवा दिने प्रजापतिले बताए ।
अस्पतालमा दन्त सेवा नहुँदा यहाँका स्थानीय निजी क्ल्निकमा महँगो पैसा तिर्न बाध्य हुँदै आएका थिए । सर्वसाधारण नागरिकलाई दन्त सेवा विस्तारले सहयोग पुर्याउने चौतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठले बताए । ‘आर्थिक अभावमा कयौं सर्वसाधरण उपचार सेवावाट वञ्चित हुनुपर्ने अवस्थामा कमि आउने छ, श्रेष्ठले भने ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ