विराटनगर । सिन्धुपाल्चोक घर भएका महिलालाई भारत तर्फ लैजादै गरेको अवस्थामा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ
विराटनगर हुँदै जोगवनी सीमानाकाबाट भारततर्फ लैजादै गरेको अवस्थामा विराटनगर महानगरपालिका १६ का काजी तामाङ र प्रेमबहादुर मगरलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । काम लगाइदिने बाहानामा महिलाहरुलाई भारत तर्फ लैजान लागेको सूचना पाएपछि तामाङ र मगरलाई विराटनगर १६ दक्षिण गेटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक जुुगल गाँउपालिका २ का २३ र ३२ बर्षका तामाङ थरका दुई महिलालाई मोरङ प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरेको हो । उनीहरुले भारतमा राम्रो काम लगाई दिने धेरै पैसा कमाइ हुने भन्दै काठमाण्डौबाट बस चढाएर विराटनगर ल्याएको बताएका छन् । बसको भाडा पनि अर्कैले तिरिदिएको महिलाहरुले बताएका छन् । आर्थिक अवस्था कमजोड भएका कारण कामको खोजिमा हिडेको बेला प्रलोभन देखाएर उनीहरुलाई फागुन २० गते नै विराटनगर ल्याईएको खुलासा भएको मोरङ प्रहरीका प्रबक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
महिलाहरुलाई काजीले बसपार्कबाट सिटी सफारी चढाएर होटलमा राखेको र भारत लैजानको लागि प्रेमबहादुरको सहयोग मागेरको अनुसन्धानबाट खुलेको प्रवक्ता राईले जानकारी दिए । महिलाहरुले भने काठमाण्डौंबाट बस चडाइदिने र विराटनगर बसपार्कमा लिन आउने कसैलाई पनि नचिनेको बताएका छन् । उनीहरुलाई मानव बेचविखनको मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुशन्धान थालिएको मोरङ प्रबक्ता राईले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ