चौतारा । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्री एवम् सेना दिवसको अवसरमा बिहीबार विविध कार्यक्रम गरी मनाइएको छ ।
सो अवसरमा गोरख बक्स गण चौताराले माध्यमिक विद्यालय सम्मिलित जिल्लास्तरीय हाजिरिजवाफ प्रतियोगिताको आयोजना गरेको छ । जिल्लाभरका १७ विद्यालय सम्मिलित उक्त प्रतियोगितामा सिद्धिगणेश मावि चौतारा साँगाचोकगढी नगरपालिका– ७ प्रथम, भीमसेन मावि चौतारा साँगाचोकगढी नगरपालिका– १० द्वितीय र सेतीदेवी मावि चौतारा साँगाचोकगढी नगरपालिका– १३ तृतीय भएको छ ।
त्यस्तै सुरक्षाकर्मी र सिन्धुपाल्चोकबासी ग्रुप बीच सेना दिवसकै अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।प्रतियोगितामा सुरक्षाकर्मी टीम विजयी हुन सफल भएको थियो । विजयी खेलाडी तथा विद्यार्थीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, प्रमुख सेनानी निर्मल श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख राजन अधिकारी र शसस्त्र प्रहरी १६ नं. गणका गणपति अर्जुन खत्री ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ