मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका बनाईने भएको छ । आफूहरुले पालिकालाई डिजिटलमैत्री बनाउन लागिरहेको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताएका छन् ।
बुधबार इन्द्रावती गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत ब्यक्तिगत घटना तथा सुद्धिकरण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष तामाङले अब इन्द्रावती गाउँपालिकाका सबै कामहरु डिजिटल माध्ययमबाट हुने बताए । सिन्धुपाल्चोकको स्थानीय तहमध्ये नमूना गाउँपालिका बनाउने उद्देश्य अनुसार डिजिटल प्रविधिको प्रयोगलाई जोड दिइएको बताउँदै अध्यक्ष तामाङले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत स्थानीय तहको ब्यक्तिगत घटना तथा सुद्धिकरण कार्यक्रमको सुरुवात गरिएको जनाए ।
पालिकामा यसभन्दा अघि रहेका सबै घटनाहरु सफ्टवेयर मार्फत अपलोड भईसकेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज दंगालले जानकारी दिए । गाउँपालिकालाई ‘स्मार्ट भिलेज’को रुपमा विकास गर्ने लक्ष्यसहित सूचना प्रबवधिमैत्री बनाउन सबै वडा कार्यालयहरुमा कम्युटर, प्रिन्टर, स्क्यानर र वाइफाईको ब्यबस्था गरिएको गाउँपालिकाका सल्लाहकार दिनेश चौलागाईले जानकारी दिए । गाउँपालिकाको सबै वडाहरुमा यसअघि नै बायोमेट्रिक हाजिरी जडान गरिसकेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ