काठमाडौं । लियो क्लब इन्ट्रेपेनर्स नेपाल र लियो क्लब काठमाडौं मनासलुको संयुक्त आयोजनामा गरिब तथा असाहाय परिवारलाई खाना वितरण गरिएको छ ।
‘सेवा नै धर्म हो’ भन्ने आदर्श आत्मसात गर्दै ‘सेवा गर्नका निम्ति कुनै धेरै धन सम्पत्ति र कुनै कलेजको डिग्री हुनु आवश्यक छैन । सच्चा मन र साहसको जरुरत पर्छ ।’ भन्ने भनाईलाई आत्मसात गर्दै लियो जिल्ला परिषद ३२५ बि २ नेपालको अगुवाइमा लियो क्लब इन्ट्रेपेनर्स नेपाल र लियो क्लब काठमाडौं मनासलुको संयुक्त आयोजनामा न्युरोड गेट नजिकै रहेको महाकाल मन्दिर परिसर मा बस्ने एक सय जनालाई खाना खुवाउने काम गरेको छ ।
सो कार्यक्रममा लियो जिल्ला परिषदका अध्यक्ष कुबेर पाठक, जिल्ला डाइरेक्टर, सन्जय बिक्रम अधिकारि, हंगर रिलिफ चेयरपर्सन सगर पाण्डे, रिजन चियर्पेसन अस्मिता लामिछाने, उपस्थित थिए । साथै काठमाडौं मनासलुका उपाध्यक्ष दिपेश तिखत्री र विभिन्न लियो क्लवबाट दिवस सुवेदी, पुजा बिष्ट, सन्नी सिखाकर, सुमन तिमिल्सिनालगायतको सहभागिता थियो । कार्यक्रमलाई योहाँसम्म ल्याईपुराउने कार्यक्रम संयोजक कृतिका सोनी, सन्त बराइ, कल्पना ओली र बिवश न्यौपाने र लियो क्लब सदस्यहरु लगातको सहभागितामा उक्त कार्यक्रम समापन भएको हो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ