चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल नै विजयी भएको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको ११औं अधिवेशनमा भएको निर्वाचनमा शतप्रतिशत (९७) मत खसेको थियो । माओवादी निकट प्रेस संगठन नेपाल र नेकपा एमाले निकट प्रेस चौतारीबीच गठबन्धन गरी बनेको प्यानल विजयी भएको हो । बुधबार राती सम्पन्न मतगणना अनुसार अध्यक्षमा जीवनप्रसाद श्रेष्ठ, उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य, समावेशी सह–सचिवमा केदार माझी, सह–सचिवमा नानीराम नेपाल र कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल विजयी बनेका हुन् ।
त्यस्तै सदस्यहरूमा दिपक खत्री, देवराज सुवेदी, गोमा खत्री, दिनेश दुलाल, प्रभात श्रेष्ठ र अशोक पराजुली विजयी बनेका छन् । समावेशी सदस्यमा केशवप्रसाद अधिकारी, जनजाति सदस्यमा लालकाजी तामाङ र दलित सदस्यमा सिर्जना बराल यसअघिनै निर्विरोध निर्वाचित भइसकेका थिए ।
नेपाल पत्रकार महासघ जिल्ला शाखावाट केन्द्रीय परिषद् सदस्यमा प्रमोद न्यौपाने र ज्ञानेन्द्र तिमिल्सिना विजयी भएका छन् । यस्तै प्रदेश परिषद्मा टीका सुवेदी, सुन्दर शिरीष (मणिसुन्दर काईराला), निर्मल बस्नेत, सन्तोष चौलागाई, सिताराम काईराला विजयी भएका छन् । यी मध्ये सिताराम कोईराला मात्रै प्रेस युनियनको तर्फबाट विजयी बनेका हुन् ।
यसअघि प्रदेश परिषद् सदस्यमा सुनिता रखाल र केन्द्रीय परिषद् सदस्यमा सर्मिला ठकुरी निर्विरोध भएका थिए ।
१. अध्यक्ष
– जीवनप्रसाद श्रेष्ठः ५६ (विजयी)
– दुर्गा आचार्यः ४०
२. उपाध्यक्ष
– दिनेश थापाः ५४ (विजयी)
– किशोरकुमार बुढाथोकीः ३६
३. महिला उपाध्यक्ष
– चन्द्रकला खत्रीः ५१ (विजयी)
– कमला तामाङः ४०
४. सचिव
– विदुर आचार्यः ४९ (विजयी)
– चित्रकुमार मिजारः ४४
५. सह–सचिव समावेशी
– केदार माझीः ४५ (विजयी)
– नेत्र तामाङः ३८
६. सह–सचिव
– नानीराम नेपालः ५८ (विजयी)
– रुपक पुरीः ३३
७. कोषाध्यक्षः
– नेत्रप्रसाद पौडेलः ५४ (विजयी)
– निरोज चौलागाईः ४०
८. महिला सदस्य
– गोमा खत्रीः ५३ (विजयी)
– शान्ती श्रेष्ठः ३५
९. खुला सदस्य
– दिपक खत्रीः ५९ (विजयी)
– देवराज सुवेदीः ५३ (विजयी)
– प्रभात श्रेष्ठः ५१ (विजयी)
– दिनेश दुलालः ४९ (विजयी)
– अशोक पराजुलीः ४७ (विजयी)
– अनिश तिवारीः ३९
– पृथ्वीजंग पाण्डेः ३७
– विजय नेपालः ४६
– सहदेव भण्डारीः २६
– हरिनाथ न्यौपानेः ३०
प्रदेश परिषद सदस्यः
१. टीका सुवेदीः ५५ (विजयी)
२. सुन्दर शिरीष (मणिसुन्दर कोइराला): ५४ (विजयी)
३. निर्मल बस्नेतः ५१ (विजयी)
४. सन्तोष चौलागाईः ४८ (विजयी)
५. सिताराम कोईरालाः ४८ (विजयी)
केन्द्रीय परिषद सदस्य
१. प्रमोद न्यौपानेः ४९ (विजयी)
२. ज्ञानेन्द्र तिमिल्सिनाः ४८ (विजयी)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ