चौतारा । कोरोना संक्रमण बढ्न थालेपछि सिन्धुपाल्चोककामा मूख्य बजारमा लकडाउन गरिने भएको छ ।
शुक्रबार बसेको कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाका मूख्य बजारमा लकडाउन गर्ने निर्णय गरेको हो । निर्णयानुसार जिल्लाका प्रमुख बजारहरु चौतारा, मेलम्ची, खाडिचौर र बाह्रबिसेका पसल व्ययवसाय बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न दिईने भएको छ । अत्यावश्यक बाहेक उक्त बजारका स्थानीयलाई घर बाहिर ननिस्कन पनि समितिले आग्रह गरेको छ ।
होटल, रेष्टुरेन्ट सञ्चालन गर्दा पूर्ण स्वास्थ्यमापदण्ड पालना गरेर गराउन समेत बैठकले आग्रह गरेको छ । साथै जिल्ला प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरी कडाइ गरिने जनाईएको छ ।
शुक्रबार २ जना स्वास्थ्यकर्मीसहित ५ जनामा संक्रमण देखिएपछि सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ