म गन्तव्यमा पुग्न न सुर न तालमा हिड्नुपर्छ
हावा हुरि भन्दा छिटो आँखा हिड्नु पर्छ
आमा जहिल्यै आगनमा बसेर हेरि रहन्छिन्
म एउटा छोरी पनि कताकता हिड्नु पर्छ
यो आँखाले उकालो ओरालो देख्नै हुन्न
हिड्नु पर्ने त आखिर पैताला हिड्नु पर्छ
यस् कारण छोरी सबको नजरबाट टाढिन्
भने पछि बाको बिरुद्धमा छोरा हिड्नु पर्छ
०००
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ