चाैतारा । कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ४, कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
सैतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुटुका रोगी उनलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानु श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू श्यया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ