बलेफी । बलेफी गाउँपालिकाले आकस्मिक बैठक राखी वडा नं. ६ लाई आजदेखि ‘सिल’ गरेको छ ।
केहि दिन अघि सो वडाको ४४ जनाको स्वाव लिईएकोमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडालाई सिल गरिएको हो । कारोना संक्रमणको दोस्रो लहर तीब्ररूपमा फैलिएपछि चारकिल्ला तोकेर वडालाई सिल गरिएको पालिका उपाध्यक्ष कमला कायस्थले जानकारी दिईन् ।
पूर्वतर्फ साँधीखोला, पश्चिमतर्फ देउराली डाँडा, उत्तरतर्फ पोखरीडाँडा र दक्षिणतर्फ अँधेरी बजारलाई चारकिल्ला तोकी अर्को सूचना जारी नभएसम्म वडालाई सिल गरिएको कायस्थले बताईन् । सिल गरिएको क्षेत्रभित्र अनावश्यक हिँडडुल नगर्न, सामुहिक कार्यहरु नगर्नसमेत अनुरोध गरिएको छ ।
पालिकाले संक्रमित व्यक्तिहरु होम आइसोलेशनमा बस्न, मास्क र सेनिटाईजरको प्रयोग गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्न, संक्रमितहरुको स्वास्थमा समस्या देखिएका तुरुन्त स्वास्थ्यकर्मी, वडा अध्यक्ष वा विपद् सम्पर्क व्यक्तिलाई जानकारी गराउन अपिलसमेत गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ