सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका १२ वटै स्थानीय तह, स्वास्थ्य संस्था तथा सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
हिमालय सीमापार ब्यापार संघसँग समन्वय गरी वाणिज्य संघले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले ८० हजार थान सर्जिकल मास्क, २ हजार ७ सय थान केएन ९५ मास्क, ८ सय लिटर सेनिटाईजर, ७ हजार थान ग्लोब्स, ३३ थान थर्मलगन, ३३ थान अक्सिमिटर, १ सय थान पिपिई सेट, अक्सिजन सिलिण्डर ८३ थान र अक्सिजन कन्सेन्टर ३ थान वितरण गरेको छ ।
‘हामीले जिल्लाका १२ वटै स्थानीय तहसहित नेपाल प्रहरी विभिन्न युनिटहरु, शसस्त्र प्रहरीका बेस क्याम्पहरु, नेपाली सेनाका व्यारेकहरु तथा कोभिड १९ संक्रमित विरामीहरुकोल उपचार गर्ने स्वास्थ्य संस्था तथा जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका हौं’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले भने । श्रेष्ठसहित संघका अध्यक्ष होमबहादुर बस्नेत, नेपाल हिमालय सीमापार व्यापार संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल तथा उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यहरु सहितको टोलीले सम्बन्धित कार्यालयमा नै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो ।
संघले सबै स्थानमा सर्जिकल ४ हजार थान मास्क, ७५ थान केएन नाईन्टिफाईभ मास्क, २० लिटर सेनिटाईजर र आवश्यक अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो । विपद्को बेला जनउत्तरदायी काम गर्न आपूmहरु सदैव तयार रहेका बताउँदै सोहि अनुरुप स्वास्थय सामग्री वितरण गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतले हिमालय सीमापार ब्यापार संघसँग समन्वय गरि निरन्तर कोभड– १९ नियन्त्रण गर्न अगाढी बढ्ने समेत बताए ।
जिल्लाबासीलाई उपत्यकामा स्वास्थ्य सेवा लिन समस्या भएमा उद्योग वाणिज्य महासंघले काठमाण्डौको क्षेत्रपाटीमा स्थापना गरेको आईसोलेशनमा सम्पर्क गर्न र अक्सिजनको अभाव भएमा समेत संघसँग सम्पर्क गर्न अध्यक्ष बस्नेतले आग्रह गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ