चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका ले ३० हजार नगरबासी लाई खोप लगाउने भएको छ ।
मुलुक कोभिड– १९ को दोस्रो लहरबाट दिनप्रतिदिन ग्रस्त भइरहेको सन्दर्भमा चौतारा साँगाचोकगढी नगरपालिकाको मिति बिहीबार बसेको नगर कार्यपालिकाको बैठककोे निर्णयअनुसार नगरपालिका भित्रका ५१ हजार जनसंख्या मध्ये तत्कालै ३० हजार जनसंख्याका लागि २ डोज कोभिड– १९ को खोप प्रदान गर्ने निर्णय गरेको छ ।
६० हजार डोज खोप आवश्यक रहेकोे र नगरबासीहरुलाई यस महामारीबाट जोगाउनको लागि खोप एक मात्र उत्तम विकल्प रहेको सन्दर्भमा सम्भव भएसम्म संघीय सरकारबाट माग गर्ने र सम्भव नभए नगरपालिका आफैले कोभिड– १९ को खोप खरिद गरी नागरिकहरुलाई खोप प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय भए अनुसार कोभिड– १९ को खोप वा सो खोप खरिदको लागि अनुमति माग गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ