चौतारा । नयाँ भेरियन्टको कोभिड १९ महामारी फैलिरहेको अवस्थामा मा सिन्धुपाल्चोक जिल्लामा समेत संक्रमण दर तीब्ररुपमा बढिरहेको हुँदा जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले आदेश जारी गर्दै २०७८ जेठ ३१ गते राती १२ बजेसम्म कायम रहने गरी निषेधाज्ञा आदेश पुनः थपिएको जानकारी दिए । आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति र संघ संस्थारपेशाकर्मी र व्यवसायी तथा आमनागरिकको कर्तव्य हुने जारी आदेशमा उल्लेख छ ।
आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारवाही हुने समेत जनाईएको छ । संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा थप गरिएको जनाईएको छ र
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ