मेलम्ची । मेलम्ची खानेपानीको सुरुङको परीक्षण सफाइ यही असार एक गतेदेखि गरिने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले सूचना जारी गर्दै साे कुराको जानकारी गराएको हो । सुरुङ खाली गर्ने क्रममा बागमती नदी, मेलम्ची नदी, सिन्धु खोला, र ग्याल्थुम खोलामा नियन्त्रित रुपमा पानी छाडिने भएकोले खोला वरपर रहेको सबैले सावधानी अपनाउन समितिले अपिल गरेको छ ।
पानी छोड्दा पानीको बहाव बढ्ने हुँदा सो क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन सर्वसाधारण सबैलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ । करिब दुई हप्तामा सुरुङ खाली हुने र त्यसपछि सुरुङ निरीक्षण र सुधारको काम गरिने भएको छ । मेलम्ची नदीमा पुरानै अवस्थामा पानी बहने भएकोले नदीको पानीमा आधारित पेशा व्यावसाय सञ्चालन गर्ने सबेलाई आवश्यक सावधानी अपनाउन समितिले अनुरोध गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ