पोहोर साल देखि तिमीले
दुःखै दुःख दियौ
अकालमा मानिसहरुको
धेरै ज्यान लियौ
हुनेले खालान् यहाँ
भोजन फेरि फेरि
दुःखी गरीब रोईरहेछन्
अश्रुधारा झारी
हातमुख जोड्नै मुस्किल
कस्तो बेला आयो
सारा संसार भरि
दुःखै दुःखको बादल छायो
सुईमा पनि भ्रष्टाचार
कस्तो यिनको बुद्धि
लौन भोले बाबा
देउ यिनलाई सुबुद्धि
कामै नगरि कति दिन
खाने होला माम
राम्रो सँग कहिले होला
गर्न पाउँने काम ।
०००
त्रिपुरा सुन्दरी– ६, सिन्धुपाल्चोक
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: news.globalpatee@gmail.com
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ