नुवाकोट । नुवाकोटको विदुर नगरपालिका अन्तरगत त्रिशूलीमा रङ्गशाला बन्ने भएको छ । संघीय सरकारले ११ करोड ५० लाखको लागतमा खेलमैदान निर्माण गर्न लागिएको हो ।
०७८/८९ को बजेट घोषणा अनुसार युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तह पूर्वाधार विकास कार्यक्रम अन्तर्गत त्रिभुवन त्रिशुलि माध्यामिक विद्यालयको जग्गामा खेलमैदान निर्णमा हुने लागेको बताएको छ । सरकारले एक पालिका एक ग्राम निर्माण गर्ने कार्यक्रम अन्तर्गत विदुरका लागि त्रिशुलीको खेलमैदान छनौट भएको बताइएको छ ।
खेलमैदान निर्माणका लागि नक्साको नमुना समेत तयार भैसकेको बताइएको छ । मैदानको डिपिआर मसेत भैसकेको र इन्जिनियर सुरज लामाले नक्सा तयार पारेका हुन् । खेलमैदान निर्माणको तयारीका लागि यस अघि विदुर नगरपालिका र विद्यालय बीचको सम्झौता समेत भएको छ । बहुवर्षीय ठेक्कामा मैदान निर्माणको काम समेत सुरू भैसकेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ