चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ ले वडा भित्रका अति विपन्न १ सय ३९ परिवारलाई झुल वितरण गर्ने भएको छ ।
वडाका ३९ कोभिड प्रभावितसहित अति विपन्न, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक गरी कुल १ सय ३९ परिवारलाईलाई झुल प्रदान गरिने वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिए । उनले ती झुल एकसाता भित्र वितरण गरिसक्ने जनाए ।
कुल १ लाख २० हजार रुपैंयामा सो झुल खरिद गरिएको श्रेष्ठले जानकारी दिए । ‘हामीले वडाका नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै यो झुल वितरण गर्ने निर्णय गरेका हौं’, वडा अध्यक्ष श्रेष्ठले भने ।
वडाले कृषकहरुलाई लक्षित गरी १८० थान विषादी छर्कने इलेक्ट्रिक पम्प वितरण गर्न लागेको छ । ५० प्रतिशत अनुदानमा पम्प वितरण गर्ने श्रेष्ठले जनाए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ