चौतारा । सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या शून्य भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सोमबार जिल्लाका १२ वटै पालिकामा नयाँ संक्रमित नदेखिएको हो । ‘आज जिल्लाका कुनै नागरिकमा पनि संक्रमण देखिएन’, स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले भने ।
सोमबार जिल्लाभरबाट ५६ जना डिस्चार्ज भएका छन् । कोरोनाको दोस्रो लहरमा सिन्धुपाल्चोकका ३ हजार ९ सय १५ संक्रमिति भएका थिए । सो मध्ये हालसम्म ३ हजार ४ सय ८८ जना डिस्चार्ज भईसकेका छन् । दोस्रो लहरमा कोरोना संक्रमणबाट हालसम्म ३० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण शून्य भएको भन्दै गाउँपालिका महासंघ नेपालका सचिव वंशलाल तामाङले सबै सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्– ‘संक्रमितहरूको उपचारमा खटिने डाक्टरहरु एवं सबै स्वास्थ्यकर्मी तथा कर्मचारी साथीहरूलाई धन्यवाद । सहयोग गर्ने जनप्रतिनिधिसाथीहरु, राजनीतिकदलका नेता तथा जनप्रतिनिधिज्यूहरु, बिभिन्न गैर सरकारी संघ संस्थाहरु, उद्योग वाणिज्य संघका पदाधिकारीज्यूहरु, शिक्षकहरु स्वयमसेवकहरु, पत्रकार साथीहरु सबैलाई महत्वपूर्ण सहयोगको लागी हार्दिक धन्यवाद ।’
हेर्नुस् तथ्याङ्कः
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ