मेलम्ची । हेलम्बु–मेलम्ची बाढी पहिरोबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारविहीन नागरिक र मेलम्ची नगरपालिकाको बिपत कोषमा जापानमा रहेका ४४ जना नेपालीले २ लाख ५५ हजार रुपैंया सहयोग गरेका छन् ।
इन्द्रावती गाउँपालिका स्थायी घर भई अध्ययनको क्रममा जापानमा रहेका बिनोद तामाङको नेतृत्वमा ४४ जना नेपालीबाट संकलित राहत रकम हस्तान्तरण गरिएको छ । हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा भेला भएका मृतक परिवारका ९ जनालाई जनही १० हजार, पूर्णरुपमा घरवारविहीन भएका १० परिवारलाई जनही ७ हजार र ५ घरपरिवारलाई जनही ५ हजार तथा पूर्णरुपमा क्षति भएको ग्याल्थुम स्थित इष्ट पोइण्ट एकेडेमीलाई १५ हजार गरि हेलम्बु गाउँपालिकामा २ लाख र मेलम्ची नगरपालिकाको बिपत कोषमा ५५ हजार नगद हस्तान्तरण गरिएको हो ।
उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव केदार माझी, विद्यार्थी नेताहरु तोकबहादुर तामाङ, क्षितिज तामाङ लगायतको उपस्थिति र स्थानीय समाजसेवी लेकाली काका र बिश्वराम गुरागाँईको रोहवरमा समाजसेवी आइमान तामाङले संकलित रकम हस्तान्तरण गरेका गरेका हुन्।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ