नवलपूर । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकामा डिजिटल नागरिक बडापत्र जडान गरिएको छ ।
सेवा लिन आउने नागरिकहरुलाई सहज होस भन्ने हेतुले बुधबारबाट डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याइएको पालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । ‘डिजिटल बडापत्रमा पालिकाले दिने सम्पूर्ण सेवाको जानकारी राखिएको छ’, तामाङले भने– ‘यसले सेवाग्राहीलाई थप सहजता प्राप्त हुने हाम्रो विश्वास छ ।’
डिजिटल बडापत्रमा आफ्नो काममो लागि चाहिने आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा प्राप्त गर्न सकिन्छ । सो काम गर्नको लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरण समेत सोही बडापत्रमा हेर्न सकिने गाँउपालिकाले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ