हेटौंडा । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकमा राहत र पुनर्निर्माणको काम थाल्नुपर्नेमा प्रदेश सांसद निमा लामाले जोड दिएका छन् ।
शुक्रबार प्रदेशसभामा बोल्दै उनले सिन्धुपाल्चोकको पीडामा मल्हम नलगाउने हो प्रधानमन्त्री र मूख्यमन्त्री कार्यालय घेर्न पछि नपर्ने चेतावनी दिए । राजधानीको तिर्खा मेटाउने मेलम्ची र पाँचपोखरीमा अर्को पार्टीको स्थानीय सरकार भयो भनेर वेवास्ता गरिएको आरोप लगाए । प्रदेश सरकारले अहिलेसम्म सिन्धुपाल्चोक विपद पीडितका लागि कुनै योजना नल्याएको भन्दै सरकारले यसरी पक्षपाती काम गर्न नहुने बताए ।
जनतालाई आरोप लगाउनु भन्दा बगरमा कभर्डहल किन बनाएको भन्दै प्रदेश सरकारप्रति आक्रोश पोखे । उनले बेपत्ताको खोजी र घाइतेको उपचार गर्न, सम्पूर्ण सम्पत्ति बगाएकाहरूको बारेमा ठोस योजना ल्याउन, सडक र पुल बगाएकाले तत्काल व्यवस्था गर्नुपर्ने बताए । उनले माछा व्यवसायसहित व्यवसाय गुमाएकाबारे ध्यान दिन आग्रह गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ