चौतारा । अघिल्लो वर्षको बाढीरपहिरोबाट घरबारविहीनलाई सरकारले बल्ल राहत रकम पठाएको छ ।
बाढी पहिरोले घरबास क्षति गरेका तथा जोखिमका कारण विस्थापित परिवारको घर बनाउन सरकारले सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समितिमा एक वर्षपछि रकम पठाएको हो । अघिल्लो वर्ष बाढीरपहिरोबाट सर्बाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा ३ करोड ६३ लाख २६ हजार २ सय ५० रुपैंया पठाईएको छ ।
गएको वर्ष मनसुनमा सिन्धुपाल्चोकका लिदीसहित विभिन्न स्थानमा गरी ८ सय ३९ घरपरिवार विस्थापित भएका थिए । प्रभावित व्यक्तिहरुको घर बनाउन तथा जग्गा नभएकाहरुलाई जग्गा व्यवस्थापन गर्न पहिलो किस्ताको रुपमा सो रकम पठाईएको प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
यसवर्ष सरकारले मनसुनजन्य विपदबाट घर क्षति भए विवरण प्राप्त हुनासाथ अस्थायी आवास निर्माणको लागि रकम पठाउने निर्णय गरिसकेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ