चौतारा । सिन्धुपाल्चोकमा कोरोना बिरुद्धको खोप कार्यक्रम दुई चरणमा सञ्चालन हुने भएको छ ।
पहिलो चरणमा साउन ३ गतेदेखि ६ वटा स्थानीय तहहरुमा सञ्चालन हुने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । मेलम्ची नगरपालिकासहित हेलम्बु, इन्द्रावती, जुगल, बलेफी र लिसंखुपाखर गाउँपालिकामा पहिलो चरणमा खोप लगाईने भएको हो । ५५ वर्षमाथिका यसअघि १ मात्रा पनि खोप नपाएका व्यक्तिहरु, कलेज तथा विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालकहरुलाई कोभिड– १९ बिरुद्धको खोपको पहिलो मात्रा दिइनेछ ।
स्थानीय तहहरुले निर्धारण गरेका खोप केन्द्रहरुबाट खोप प्रदान गरिने हुँदा खोप केन्द्रबारे जानकारी लिन सम्बन्धित स्थानीय तहहरुमा सम्पर्क गर्नुपर्ने चापागाईले बताए ।
त्यस्तै दोश्रो चरणमा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सञ्चालन हुनेछ । केन्द्रबाट १ हप्तामा थप खोप प्राप्त हुने जानकारी आएकोले थप खोप प्राप्त हुनासाथ दोश्रो चरणको मिति सार्वजनिक गरिने चापागाईले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ