चौतारा । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठूलोसिरुवारी घर भएका मृतक कृष्णप्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई चौतारा स्थित उपशाखा कार्यालयमै मृत्युदाबी मृत्यू दावी भुक्तानी चेक हस्तान्तरण गरेको हो ।
गत मंसिर ८ गते चौतारा उपशाखा कार्यालयबाट ५ लाख रुपैयाँ बीमाङ्कको सानिमा दम्पती बीमा योजना खरीद गरेका मृतक कृष्णप्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । स्वर्गिय कृष्णप्रसाद खनालले प्रथम बीमा शुल्क बापत ५२ हजार ४ सय ३३ रुपैया बुझाएका कम्पनीलार्इ बुझाएका थिए । ‘आफ्नो श्रीमान गुमाउनु परेकोमा दुःखी छु’, तिमल्सिनाले भनिन्– ‘तर बेलैमा बिमा गरेकाले यस्तो बेलामा केहि मात्रामा भएपनि सहयोग पुगेको छ ।’ उनले सानीमा लाईफप्रति धन्यवाद व्यक्त गरिन् ।
त्यस्तै स्वर्गिय बिमितले ५ लाखको १५ बर्षे सानिमा दम्पती जीवन बिमा गरेकाले अब बाँकी १४ किस्ता कम्पनीले तिर्ने र अबधी पूरा भएपछि बोनस र बिमाङ्क सहित एकमुष्ट रकम फिर्ता गर्ने कम्पनीका बागमती प्रदेश प्रमुख बलराम खत्री तिमल्सिनाले जानकारी दिए। चेक हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश प्रमुख तिमल्सिना ,सोही कार्यालयका प्रबन्धक सुजता सापकोटा, एमडिआरटि एनबि गुरुङ, दिपकराज गिरी, सिनियर एजेन्सी म्यानेजर सोनिया केसी, मेगा बैंकका शाखा प्रमुख रामकृष्ण पराजुली लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ