श्रावणको हरियाली बहार बनि आयौ तिमी
जता ततै बहार बनि यो मनमा छायौ तिमी
कति अन्जान थियौ कहाँ के अनि को हौ तिमी
आज लाग्छ जन्म जन्म देखि मेरै हौ सदा तिमी ।
को होला कस्ती छौ जस्तो लाग्थ्यो तिमी
आज उत्तर बनि मेरो जीवनमा छायौं तिमी
लाग्छ मेरो जीवनको हरियारी हौ तिमी
समाजलाई दुवै मिली नयाँ सन्देश दिउँ हामी ।।
हल्का गाजलमा ठुला ठुला आँखा भएकी तिमी
एकै नजरमा मोहनी लाउने कति मायालु तिमी
लजालु अनि बान्की परेकी मेरी मायालु तिमी
साउने झरिमा रुज्दै भिन्दै गर्दौ कति नशालु तिमी
तिम्रा कलकलाउँदा बैशमा रुज्न पाउने त्यो पानी
खै कहिले रुज्न पाउने त्यो झरिमा म पनि
लजालु अनि बान्की परेकी मेरी मायालु तिमी
साउने झरिमा रुज्दै भिन्दै गर्दौ कति नशालु तिमी
०००
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ