मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा करिब ३० जना बिरामी भएको छन्।
बिहिबार भएको पूजामा सहभागी जनाएर प्रसाद खाएकाहरूलाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्। ‘‘सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव भएन, हामी बिहान स्वास्थ्यकर्मीसहितको टोली गएर उपचार गरेर फर्केका छौँ’, उनले भनिन्– ‘३ जनालाई मेलम्ची स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याएका छौँ ।’
अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ। फुड पोइजनको कारणले झाडापखाला लागेको हुनाले ४८ घण्टासम्ममा सबैलाई ठीक हुने स्वास्थ्यकर्मीको भनाइ रहेको उनले बताइन्।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ