काठमाण्डौ । मंगलबार अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार जजिरा एयरको चार्टर्ड विमान मार्फत ११८ जना नेपाली कतारको दोहाबाट कुवेत हुँदै काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तानबाट नेपाली आइपुगेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । अफगानिस्तानबाट साउन २२ पछि नेपाली आउने क्रम जारी छ । साउन २२ देखि ३२ गतेसम्म व्यक्तिगत प्रयासबाट १ सय ६४ जना अफगानिस्तानबाट काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
अफगानिस्तानबाट फर्किएका नेपालीलाई नेपाली सेनाले सामाखुसी स्थित राधास्वामी सत्संगको क्वारेन्टिनमा लगेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ