काठमाडौं । जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले टोखा नगरपालिका वडा– ३ भत्केको पुलमा आजदेखि दोस्रो सेवा केन्द्र विस्तार गरेको छ ।
टोखा नगरपालिकाका वडा– ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठको प्रमुख आतिथ्यमा, सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ तथा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड शाखा प्रमुख मनोज कार्कीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । यस क्षेत्रमा स्थायी रूपले पेशा व्यवसाय गरि बसोबास गर्ने मानिसहरूको आर्थिक सामाजिक साँस्कृतिक रूपमा जीवनस्तर परिवर्तन गर्न संस्थाले सेवा केन्द्र विस्तार गरेको संस्थाका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए ।
उक्त सहकारी संस्था लिमिटेडको प्रधानकार्यालय बालाजु– १६ माछापोखरी बाइपास चोक काठमाडौंमा र पहिलो शाखा न्युरोडमा रहेको उक्त संस्थाका प्रवन्ध निर्देशक दिनेश आचार्यले जानकारी दिए । उक्त सहकारी संस्थाबाट हाल लगभग दस हजार सर्वसाधारणले सेवा लिइरहेको आचार्यले जानकारी दिए ।
कार्यक्रममा कानुनी सल्लाहकार बलभद्र खनाल, संस्थाका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष,स्थानीय टोल विकास समितिका पदाधिकारी, लेखा सुपरिवेक्षक, सञ्चालक तथा ढलमल प्रगति टोल विकास संस्थाका पदाधिकार र स्थानिय बासीको साथसाथै कर्मचारीहरूकोहरूको उपस्थिति रहेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ