बाह्रविसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले २५ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ ।
आउँदै गरेको विजया दशमी, शुभदीपावली, नेपाल सम्बत तथा छठ पर्व २०७८ को अवसरमा शुभकामना कार्यक्रमको बीच सहल्लाहकार समिति गठन गरिएको हो । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष कमलकुमार श्रेष्ठको सभापतित्वमा २५ सदस्यीय सल्लाहकार समिती गठन गरिएको हो । जसमा सह–सभापति बुद्धराज बस्नेत, उप–सभापति यादव दाहल र होमनाथ तिमल्सिना रहेका छन् ।
घटस्थापनाको शुभ साईत पारि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) को कार्यालय प्रवेश कार्यक्रम समेत गरिएको थियो । सो कार्यक्रमा मेलम्ची बजार पुर्ननिर्माणका लागी सरोकार समितीका संयोजक सागर श्रेष्ठ लाई संघका अध्यक्ष होमबहादुर बस्नेतले २ लाख रुपैंया हस्तान्तरण समेत गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ