बलेफी । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा– ४ मा ५५ लाख रुपैंया लागतमा फ्याफुल्ला युवा क्लबको भवन निर्माण भएको छ ।
क्लबको सभामुख अग्नीप्रसाद सापकोटाले बिहीबार उद्घाटन गरेका हुन् । सभामुख सापकोटाको स्थानीय विकास पूर्वाधार कार्यक्रमबाट २० लाख, प्रदेश सरकारबाट ३० लाख र बलेफी गाउँपालिकाबाट पाँच लाख गरी ५५ लाख लगानीमा फ्याफुल्ला क्लबको सुविधान सम्पन्न दुईतल्ले भवन र खेल मैदान निर्माण गरिएको हो ।
भवनको उद्घाटन गर्दै समामुख सापकोटाले सभामुख अग्निप्रसाद सापकोटाले नेपाल आमाको सेवा गर्न अरु सबै कुरालाई गौण बनाएर देशको व्यवस्था, संविधान र प्रतिनिधि सभाको रक्षाका लागि सबैभन्दा बढि समय दिएको बताए । ‘म आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म २४ सै घण्टा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्छु’, उनले भने– ‘म जनताको शीर झुक्ने कुरा कहिल्यै गर्ने छैन, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता नगर्ने छैन, मातृभूमीका खातिर जीवनको अन्तिम घडी सम्म कसैसंग झुक्ने छैन ।’ उनले आफूले आम नागरिकको इज्जत र प्रतिष्ठामा आँच आउने कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
भारतीय देशभक्त भगतसिंको स्मरण गर्दै उनले देशभक्ति भन्दा ठूलो केही नहुने स्पष्ट पार्दै सापकोटाले नेपाल आमा भन्दा ठूलो यो दुनियाँमा केहि पनि नभएको बताए । उनले दुइबर्ष यता राष्ट्रले बेहोरिरहेको कोभिड– १९, राजनैतिक र प्राकृतिक प्रकोपको संकट पार हुँदै गएको बताउँदै समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिनु भयो । सभामुख सापकोटाले अहिले नेपाल महान बसहको प्रक्रियामा रहेकोले देशका विकृति, विसंगति, भ्रष्टाचार सबै निमिट्यान्न हुने र नयाँ समाज निर्माण हुने विश्वास व्यक्त गरे ।
भवन उद्घाटन समारोहमा विभिन्न सांगीतिक कार्यक्रम समेत गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ