चौतारा । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।
विद्युत विकास विभागले मंगलबार कम्पनीलाई आयोजनाको लाइसेन्स दिएको हो । सुनकोशीको लाइसेन्स पाएको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । सुनकोशी आयोजनाको लाइसेन्स पाएकाले कम्पनीले सुनकोशी हाइड्रोपावर लिमिटेडमा गरेको लगानी रकममध्ये ६१ करोड ७२ लाख रुपैयाँ जोखिम वापतको व्यवस्था फिर्ता (राइट ब्याक) हुने छ ।
राइट ब्याक भएपछि कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशतसम्म बोनस सेयर दिने दिने छ । बोनस सेयर दिने प्रस्ताव आगामी साधारण सभामा पेश गर्न लागेको कम्पनीले जनाएको छ । एनएचपीसीले बढी रकम तिरेर प्रतिस्पर्धाबाट सो आयोजना पाएको हो । आयोजनाको लाइसेन्स लिन कम्पनीले ६ करोड २० लाख रुपैयाँ खर्चेको छ ।
‘सुनकोशी आयोजनाको लाइसेन्स पाउने बित्तिकै दुई महिनाभित्र बस्ने वार्षिक साधारणसभामा सेयरधनीलाई लाभांश दिने प्रस्ताव पेश गर्ने छौं’ एनएचपीसीका अध्यक्ष पाण्डेले भने । कम्पनीले २० प्रतिशतसम्म लाभांश दिन विषयमा गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्ट पारेको छ । कम्पनीले तल्लो इन्द्रावती आयोजनामा लगानी गरेको थियो । सो आयोजनाको लाइसेन्स खारेज भएपछि सो बराबरको लगानी डुब्ने अवस्था आएपछि ‘प्रोभिजनिङ’ गरिएको हो ।
नेसनल हाइड्रोले तल्लो इन्द्रवतीमा लगानी छुट्टै कम्पनीमार्फत गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीको लाइसेन्स गएको कारणले यो प्रोभिजन नेसनल हाइड्रो पावरको किताबमा देखिएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी बढेर २ अर्ब नजिक पुग्दै छ । कम्पनीले १४ मेगावाटको इर्खुवाखोला आयोजना बनाइरहेको छ । तल्लो इन्द्रावतीको काम करिव आधा सकिएको छ ।
आयोजना बनाउन कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) र लगानी जुटाउन बाँकी छ । लाइसेन्स पाउनसाथ यी सबै प्रक्रिया पूरा गर्ने भनाई कम्पनीको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ