चौतारा । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुपाल्चोकको अध्यक्षमा लालकाजी तामाङ चयन भएका छन् ।
तेस्रो जिल्ला अधिवेशनले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । महासंघको उपाध्यक्षमा कमला पाख्रिन, सचिवमा दिपेन्द्र घले, सहसचिव निर्मल माझी र कोषाध्यक्षमा राजेन्द्र थापामगर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा फुलमान तामाङ, कल्पना श्रेष्ठ, सुप्रिन्स कसजु, सिद्धि श्रेष्ठ, रविन दनुवार, सरोज तामाङ, आइते तामाङ रहेका छन् । यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधिमा सुरेश कसजु, जीवन श्रेष्ठ, ङेम्लिङ लामा, केदार माझी र प्रदेश प्रतिनिधिमा हेमन प्रधान, अश्मि स्याङतान र सुमित्रा श्रेष्ठलाई चयन गरेको छ ।
जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष तामाङले जनजाति पत्रकारकाहरुका लागि क्षमता अभिबृद्धि तालिम गराउने र पत्रकारिता प्रति रुचि राख्नेलाई पत्रकारिता पेशामा संलग्न गराउनका लागि कार्य समिति लागि पर्ने बताए । पत्रकार महासंघ, पत्रकारिताको पेशागत संघ, संगठन, स्थानीय तहहरुसँग समन्वय गरि पत्रकारको पेशा र हक हितका लागि काम गर्ने तामाङ बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ