काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सोमबार भएको निर्वाचन कार्यक्रम अनुसार अध्यक्षमा सरल सहयात्री पौडेल र दिनानाथ गौतमले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै तीन उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ । रुपा महर्जन, दीपेन्द्र श्रेष्ठ, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर विक र अमरबहादुर विश्वकर्माले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एक जना सचिवका लागि धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ (छिन्ताङ) र अन्जानकुमार तिमिल्सिना गरी चार जनाको उम्मेदवारी परेको छ ।
सहसचिव तीन पदका लागि १० जनाको उम्मेदवारी परेको छ । सहसचिवमा द्रोणबाबु शिवाकोटी, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना (विश्वास), प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर काती, सञ्जय लामा र लालकुमारी पुनको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै कोषाध्यक्ष एक पदका लागि तोत्रकुमारी अधिकारी (इन्दिरा), विदुर खड्का र संगीता भट्टराई गरी तीन जनाको उम्मेदवारी परेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ