तातोपानी । हिमपातका कारण चीनबाट ल्याइएको सामान बोकेका ट्रक/ट्रेलर तातोपानी नाकाबाट भित्रिन सकेका छैनन् ।
सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले तिब्बती क्षेत्रमा भएको भारी हिमपातका कारण तातोपानी आउन लागेका ४० फुटे ट्रकरट्रेलर खासा बजारसम्म पनि आउन नसकेको जानकारी दिए । नेपाली व्यापारीले झिकाएको स्याउ बोकेका ती ट्रेलर तिब्बतको न्यालममै रोकिएका हुन् ।
पार्किङ गरेर राखिएका कन्टेनररट्रेलर पनि हिउँले पुरिएका छन् । सडकमा हिउँ जमेका कारण ट्रेलर र कन्टेनर चलाउन सक्ने अवस्था नभएको शेर्पाले बताए । हाल खासा, न्यालमलगायतका क्षेत्रमा हिमपात भइरहेकाले केही दिन कन्टेनर आउन नसक्ने तिब्बती अधिकारीबाट जानकारी आएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौत्तमले जनाए ।
हिमपात हुनुअघि चीनबाट दैनिक १० कन्टेनर भित्रिने गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ