काठमाण्डौ । देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।
कोभिड– १९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । सीसीएमसी प्रवक्ता सुनिता नेपालले भोलीदेखि नै लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जानकारी दिइन् ।
बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उनले जनाइन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ