चौतारा । सिन्धुपाल्चोकमा सञ्चालित एम्बुलेन्समा अक्सिजन सिलिण्डर राखिने भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयले एम्बुलेन्सको लागि अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
जिल्लामा रेडक्रसमार्फत सञ्चालित एम्बुलेन्सहरुमा प्रयोग हुने गरि नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशले ६ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ । प्रदेश महासचिव रामजी पौडेलले सिन्धुपाल्चोक जिल्ला शाखा सभापति राजेन्द्रमान ताल्चाभडेल सिलिन्डर सहित सो मा लाग्ने उपकरण केन्द्रिय कार्यलयको प्राङ्गणमा हस्तान्तरण गरेका हुन् ।
सो हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपाल, उपाध्यक्ष बिस्णुराज नेपाल, महामन्त्री भुपतीलाल श्रेष्ठ, केन्द्रिय सदस्यहरु बिनोद बस्नेत, गणेश महत, पूर्व केन्द्रिय सदस्य मोहन पोखरेल लगायतको उपस्थित रहेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ