चौतारा । अनेरास्ववियु केन्द्रिय कमिटीको सर्कुलर बमोजिम समयसीमा भित्रै स्थानीय तहको निर्वाचन गर्न दवाव दिने उद्देश्यले एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटिले सरकारको ध्यानाकर्षण गरेको छ ।
जिल्ला संयोजक रामचन्द्र थापाकोको विद्यार्थी समूहले आज (सोमबार) जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक मार्फत सरकारको ध्यानाकर्षण गराएको हो । ‘नेपालको राजनैतिक अस्थीरताका वाहक शक्तिहरुको गठजोडबाट बनेको वर्तमान परमादेशी सरकारले देशलाई थप अस्थीरता तर्फ लैजाने प्रयत्न गरिरहेको छ त्यसकै पछिल्लो कडिको रुपमा देशका स्थानीय सरकारहरुलाई जननिर्वाचित प्रतिनिधि रहित बनाउने अभिप्रायको साथ स्थानिय तहको निर्वाचनलाई संवैधानिक व्यवस्थाको बर्खिलाप हुने गरि टार्ने प्रपञ्च गरिदैछ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।
‘लोकतान्त्रिक व्यवस्थालाई सुदृढिकरण गर्नका लागि अनेरास्ववियु सिन्धुपाल्चोक तत्काल निर्वाचन मिति घोषणा गरेर समयमै निस्पक्ष निर्वाचन गर्न वर्तमान सरकार समक्ष जोडदार माग गर्दछ’, पत्रमा लेखिएको छ– ‘अन्यथा लाखौ विधार्थीहरुलाई विधिको शासन र कानूनको सर्वोच्चता स्थापित गराउने लडाईमा पुनः एकपटक सडकमा उतार्न हाम्रो संगठन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार परमादेशबाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी दिन चाहन्छ ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ