काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कलाकार देश चिनाउने सच्चा देशभक्त भएको बताएका छन् ।
स्वर्गीय वरिष्ठ कलाकार जयनन्द लामाको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि राष्ट्रिय नाचघर जमल पुगेका मन्त्री आलेले कलाकार राष्ट्रका गहना भएको बताए । ‘स्वर्गीय कलाकार लामाले देशलाई चिनाउने काम गर्नुभएको छ, उहाँले देशलाई अतुलनीय योगदान दिनुभएको छ, कलाकार राष्ट्रका गहना हुन्,’ आलेले भने ।
देशमा अहिले देखिएका विकृति, विसङ्गतिहरू चिर्दै जाने र राष्ट्र, राष्ट्रियता जोगाउनका लागि कलाकारले खेलेका भुमिका निकै अहम् भएको मन्त्री आलेले बताए । स्वर्गीय कलाकार लामाले देशलाई चिनाउन गरेका विभिन्न किसिमका सकारात्मक कुरालाई पहिल्याएर अगाडि बढ्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए ।
लामाजस्ता कलाकारहरू देशले बिरलै पाउने बताउँदै मन्त्री आलेले कला, संस्कृतिको तथा कलाकारको जगेर्ना गर्न सक्नु राष्ट्रको मुख्य दायित्व भएको बताए । उनले यसमा आफू र सिङ्गो मन्त्रालय लागिपर्ने आश्वासन पनि दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ