याङ्लाकोट । जुगल गाउँपालिका– ७ स्थित याङ्लाकोटमा रहेको गुराँसमय हगाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँचौ बार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च (सिडिइसिएफ) को आर्थिक तथा प्राविधिक सहयोगमा दुई लाख आर्थिक सहयोग एकथान ल्यापटप, एक बर्षका लागि कर्मचारीलाई तलबभत्ता सहयोग गरेको र जनहित ग्रामीण सेवा समितिले पनि आर्थिक तथा प्राविधिक सहयोग गरी स्थापना भएको सहकारीले अहिले सात सय भन्दा बढी सदस्य बनाइ करोडको हाराहारीमा कारोबार गर्दै आएको छ भने रेमिट्यान्सको पनि काम गर्दै आएको छ ।
सहकारीबाट ऋण लिइ कालिज फार्म सञ्चालन गर्दै आएको र अहिले कालिजको राम्रो ब्यापार भई आम्दानी हुन सुरु गरेकाले ऋण खोज्न अन्त जान नपरेको कार्यक्रमकै बीच सहकारीका शेयर सदस्य प्रदिप श्रेष्ठले बताए । ‘सहकारीका कारण गाउँमै ब्यवसाय सञ्चालन गर्न पाएका छौं’, उनले भने– ‘यहिँको आमदानीले पुगेको छ, विदेश जान परेको छैन ।
कार्यक्रममा सहभागीहरुलाइ प्रशिक्षण दिदै सिडिइसिएफका प्रमुख प्रशासकीय अधिकृत मधुसुदन सापकोटाले अब सहकारी झन् मजबुद बनाउनु पर्नेमा जोड दिए । ‘अब राजनैतिक क्रान्ती हैन आर्थिक क्रान्ति गर्ने बेला आएको छ’, उनले भने– ‘हामी सबै एक जुट भई गाउँमा सहकरी मार्फतनै आर्थिक कारोबार गाउँबाटै गर्न जरुरी छ ।’ उनले सदस्यहरुलाई सहकारीको आवश्यक्ता तथा महत्व बारे प्रष्ट्याएका थिए ।
कार्यक्रममा साेही वडाका वडा अध्यक्ष दिलकुमार लामाले अब याङ्लाकोटमा रहेको यस सहकारीलाई झनै मजबुद बनाउनु पर्नेमा जोड दिए । अन्तरक्रियामा सदस्यहरुले उठाएका प्रश्नको जबाफ दिँदै सहकारीका अध्यक्ष सुकलाल तामाङले सहकारीमार्फत स्थानीयलाई समृद्ध बनाउन लागिपरिरहेको भन्दै गाउँमै सहाकारी मार्फत कपाल काट्ने सैलुन पनि सञ्चालन गर्नेमा आफूहरु जुटिरहेको बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ