बाह्रबिसे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य माधव सापकोटाले अबको स्थानीय निर्वाचनमा माओवादी जिल्लाकै पहिलो पार्टी बन्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाह्रबिसे नगरपालिका २ नं वडा कमिटीद्वारा आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै सापकोटाले एकल रुपमा चुनाव लड्दा पनि पार्टी जिल्लामा पहिलो हुने दावी गरे । नव प्रवेशीलाई पार्टीमा स्वागत गर्दै उनले पुरानो पार्टी कार्यकर्तासहर योग्यता र क्षमताको मूल्यानकन गरी जिम्मेवारी दिने बताए ।
जनयुद्धका पूर्व कमान्डरहरुलाई समेत उनले निर्वाचनको मोर्चामा सक्रियताका साथ लाग्न आपिल गरे । कार्यक्रमकैबीच नारायण भण्डारीको अध्यक्षमा २९ सदस्यीय वडा कमिटी गठन गरिएको थियो । सो कार्यक्रममा दर्जनौं युवाहरु नेपाली कांग्रेस र एमाले पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ