कोहि स्तरीय हुदैन तिनका धनले ।
यो देश बिग्रेकै हो घुस र कमिसनले ।
हिजो जिउमा वस्त्र नहुँदा नि चलेकै थियो,
आज भएर आलिसान खोज्छ जीवनले ।
चाहाना पनि चाँहिदो नचाहिदोको हुन्छ,
जो देख्यो उसमै आत्मीयता खोज्छ मनले ।
न देश बनाए न सहिद सम्झे बिदुषकहरुले,
व्यर्थ भयो मरेर धर्मभक्त, दशरथ, गंगा र लखनले ।
दासहरुको संस्कारनै गुलामी चाकडीबाज हो कि ?
नत्र किन जिउँदैन आत्मसम्मान र आफ्नोपनले ?
०००
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ