चौतारा । स्थानीय निर्वाचन २०७९ अन्तर्गत बैसाख ३० गते भएको चुनावको मत परिणाम सार्वजनिक भएको छ ।
बिहीबार राती पाँचपोखरी थाङ्पाल गाउँपालिकाको मत गणना सकिएपछि सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको हो । जसमध्ये ५ वटा स्थानीय तहमा कांग्रेसका उम्मेद्वारले जित निकालेका छन् । ४ वटामा नेकपा (माओवादी केन्द्र) र ३ वटामा नेकपा (एमाले) ले जितेको छ ।
हेर्नुस् कुन पालिका कस्ले जिते ?
१. चौतारा साँगाचोकगढी नगरपालिका
प्रमुख : कृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र))– ११,०७२
प्रतिद्वन्दी इन्द्रबहादुर नेपाल (नेकपा एमाले)– ६,७८५
उपप्रमुख : सीता थापा (नेकपा (एकीकृत समाजवादी))– ९,७२६
प्रतिद्वन्दी बाल कुमारी सापकोटा (नेकपा एमाले)– ६,८७७
२. बाह्रविसे नगरपालिका
प्रमुख : बालकृष्ण बस्नेत (नेपाली कांग्रेस)– ७,७२८
प्रतिद्वन्दी निमफुञ्जो शेर्पा (नेकपा एमाले)– ५,४३३
उपप्रमुख : मञ्जु तामाङ (नेपाली कांग्रेस)– ६,९७७
प्रतिद्वन्दी सुशिला पाख्रिन (नेकपा एमाले)– ५,९९०
३. मेलम्ची नगरपालिका
प्रमुख : आईतमान तामाङ (नेपाली कांग्रेस)– ११,२५८
प्रतिद्वन्दी बालकृष्ण देउजा (नेकपा एमाले)– ११,१६५
उपप्रमुख : उमा प्रधान (नेकपा एमाले)– ६,९७७
प्रतिद्वन्दी कुमारी तामाङ (राप्रपा)– ५,९९०
४. इन्द्रावती गाउँपालिका
अध्यक्ष : झम्कनाथ नेपाल (नेकपा एमाले)– ७,१२७
प्रतिद्वन्दी विकास लामा (नेपाली कांग्रेस)– ६,१६८
उपाध्यक्ष : शोभना तामाङ (नेकपा एमाले)– ६,५१३
प्रतिद्वन्दी दयाकुमारी मिश्र (नेपाली कांग्रेस)– ६,४६३
५. बलेफी गाउँपालिका
अध्यक्ष : गंगाबहादुर तामाङ (नेकपा (माओवादी केन्द्र))– ४,६६६
प्रतिद्वन्दी सुवास तिमल्सिना (नेपाली कांग्रेस)– ४,१०५
उपाध्यक्ष : सरु लामा तामाङ (नेपाली कांग्रेस)– ४,९३४
प्रतिद्वन्दी सपना थापा (नेकपा एमाले)– ३,६३३
६. हेलम्बु गाउँपालिका
अध्यक्ष :निमा ग्याल्जेन शेर्पा (नेपाली कांग्रेस)– ५,३८६
प्रतिद्वन्दी दावा लामा (नेकपा एमाले)– ४,६०४
उपाध्यक्ष : अप्सरा लामिछाने (नेपाली कांग्रेस)– ५,२१४
प्रतिद्वन्दी गंगा अर्याल (नेकपा एमाले)– ५,२१४
७. भोटेकोशी गाउँपालिका
अध्यक्ष :पासाङ नुर्पु शेर्पा (नेपाली कांग्रेस)– २,६०५
प्रतिद्वन्दी निमफुञ्जो शेर्पा (नेकपा एमाले)– २,०४८
उपाध्यक्ष : दिछेन शेर्पा (नेपाली कांग्रेस)– २,७१२
प्रतिद्वन्दी सुन्तोलीमाया श्रेष्ठ (नेकपा एमाले)– २,५५३
८. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष : भक्तध्वज बोहरा (नेपाली कांग्रेस)– ४,२२९
प्रतिद्वन्दी एमाले मेघनाथ पौडेल (नेकपा एमाले)– ३,२६७
उपाध्यक्ष : गीताकुमारी नेपाल (नेपाली कांग्रेस)– ४,१५६
प्रतिद्वन्दी एमाले सविता श्रेष्ठ (नेकपा एमाले)– ३,८९६
९. सुनकोशी गाउँपालिका
अध्यक्ष : टपिन्द्रप्रसाद तिमल्सिना (नकपा एमाले)– ५,९३२
प्रतिद्वन्दी श्रवणकुमार जिसी (नेपाली कांग्रेस)– ५,८९१
उपाध्यक्ष : कान्छी लामा (नेपाली कांग्रेस)– ५,९०५
प्रतिद्वन्दी दुर्गा थापा (नेकपा (माओवादी केन्द्र))– ४,९७४
१०. लिसंखुपाखर गाउँपालिका
अध्यक्ष : राजु लामा (नेकपा (माओवादी केन्द्र))– ३,९२५
प्रतिद्वन्दी जेठा तामाङ (नेपाली कांग्रेस)– ३,०१९
उपाध्यक्ष : मिठूदेवी लामा (नेकपा एमाले)– ३,२५१
प्रतिद्वन्दी राममाया तामाङ (नेकपा (माओवादी केन्द्र))– ३,१०६
११. जुगल गाउँपालिका
अध्यक्ष :रेशम स्याङ्बो (नेकपा (माओवादी केन्द्र))– ५,५०३
प्रतिद्वन्दी जयबहादुर लामा (नेकपा एमाले)– ४,३४४
उपाध्यक्ष : हिमालकुमार श्रेष्ठ (नेपाली कांग्रेस)– ४,६८९
प्रतिद्वन्दी सुनिता थापा लामा (नेकपा एमाले)– ३,६४९
१२. पाँचपोखरी थाङपाल गाउँपालिका
अध्यक्ष : टासी लामा (नेकपा एमाले)– ५,६०८
प्रतिद्वन्दी दोर्जे तामाङ (नेकपा (माओवादी केन्द्र))– ४,०४५
उपाध्यक्ष : सुनिता अधिकारी (नेकपा एमाले)– ५,७७२
प्रतिद्वन्दी गंगा कुमारी चापागाई (नेपाली कांग्रेस)– ४,३९३
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ