काठमाण्डौ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– २ का विश्व कीर्तिमानी आरोही शम्भु तामाङको उपचारको लागि सरकारको तर्फबाट सहयोग दिलाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आस्वासन दिएका छन् ।
तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी बनाएका थिए । उनले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको थिए ।
सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा प्रचण्डले चासो व्यक्त गरेका हुन् । हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पताल पुगेर उपचाररत तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै प्रचण्डले उनको उपचारको लागि नेपाल सरकारलाई अनुरोध गर्ने बताए ।
दाहालले तामाङको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । अध्यक्ष दाहालले देशका लागि तामाङले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन आफू लागिपर्ने बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ