चौतारा । बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ ।
सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री बोकेर हेलिकप्टरबाट उडेका थिए । महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार सो टोलीले १२ पटक नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको थियो । यसको भाडा २५ लाख ६८ हजार रुपैयाँ उठेको छ ।
सोही दिन एक निजी कम्पनीको हेलिकप्टर ३ पटक प्रयोग गरिएको थियो । यसको भाडावापत ३ लाख भुक्तानी दिइएको थियो । यसरी १ लाख ११ हजारको राहत वितरण गर्न २८ लाख ६८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । (अनलाईन खबरबाट)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ