एक
दर त खाने मन थियो घरमा दुहुनो गाई थिएन,
तीज त आयो फोन गरेर आऊ भन्ने दाई थिएन
कसरी जानू छिमेकी जस्तै, हप्तादिन अघि माईतिघर
जान मन थियो तर लिन आउने मेरो भाई थिएन
दुई
व्यवहारले पक्क उमेरले पाको बैसा थिएन
पुराउथें घाँसको भारी लाग्ने धारिलो हैसा थिएन
मलाई पनि रहर थियोे चिटिक्क सजिने
तर बजार गएर किन्ने प्रशस्त पैसा थिएन ।
तीन
लगाउने रहर बुट्टे चोली रातै सारी थियो
नजिकैको माईती घर कर्मघरको पारी थियो
खै छैनन मेरा तिलहरी न त छन नौगेडी
रातोपोते लगाउ कसरी सिउँदो मेरो खाली थियो ।
०००
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ