चौतारा । सिन्धुपाल्चोकमा सत्ता गठबन्धनले भागबण्डा सकाएको छ । त्यस्तै नेकपा (एमाले)ले पनि उम्मेदवार टुंगो लगाएको छ ।
सत्ता गठबन्धनको भागबण्डाअनुसार प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक क्षेत्र नं. १ नेकपा (माओवादी केन्द्र) लाई र क्षेत्र नं. २ कांग्रेसलाई परेको छ । माओवादीले क्षेत्र नं. १ मा माधव सापकोटालाई उम्मेदवार बनाएको छ । अग्नि सापकोटा र मोहन बस्नेतको रस्साकस्सीबीच यो क्षेत्र माओवादीले पाएको हो । यस क्षेत्रको प्रदेश ‘क’ कांग्रेसलाई परेको छ भने ‘ख’ माओवादीलाई । नेपाली कांग्रेसले प्रदेश ‘क’ मा मनकुमारी खड्कालाई टिकट दिएको छ भने माओवादीले प्रदेश ‘ख’ मा सरल सहयात्री पौडेललाई अघि सारेको छ ।
क्षेत्र नं. २ कांग्रेसलाई परेपछि मोहनबहादुर बस्नेतलाई यो कांग्रेसले यो क्षेत्रको उम्मेद्वार बनाएको छ । यस क्षेत्रको प्रदेश ‘क’ माओवादीलाई परेको छ । माओवादीले युवराज दुलाललाई दोहोर्याउने भएको छ भने २ को ‘ख’ कांग्रेसको भागमा परेको छ । कांग्रेसले निमा लामालाई टिकट दिएको छ ।
यता नेकपा एमालेले सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । उसले चारवटै प्रदेश सभामा क्षेत्रमा समेत उम्मेदवारको टुंगो लगाएको छ । एमालेकका अनुसार क्षेत्र नं. १ (क) मा कमल नेपाल र (ख) मा होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । क्षेत्र नं. २ (क) मा अमानसिं तामाङले टिकट पाउँदा (ख) मा हस्त पण्डितलाई उम्मेदवार बनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ