चौतारा । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा चुनावको चहलपहल बढेको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा मनोनयन दर्ताको अघिल्लो दिन नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालले चुनावी प्रचार सुरु गरेको छ ।
वाईसियलले चौतारा बजार क्षेत्रमा चुनाव चिन्ह अंकित झण्डा राखेर प्रचार अभियान सुरु गरेको हो । जिल्लामा प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) र क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट उम्मेद्वारको टुङ्गो लागिसकेको छ ।
‘मनोनयन दर्ताको तयारी स्वरुप हामीले जिल्लाको मूख्य बजार क्षेत्रमा झण्डा राख्ने काम गरेका हौं’, वाईसिएल सिन्धुपाल्चोकका संयोजक सुमित काफ्लेले भने– ‘२३ गते जिल्लाभरका गठबन्धनका नेता कार्यकर्ताको उपस्थितिसहित निर्वाचन आचारसंहिता अनुरुप उम्मेद्वारी दर्ता गरिने छ ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ